‘आमा’ सुन्दै आत्मीय लाग्ने शब्द हो । आमा बन्न एउटा महिलाले कति धेरै सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा एउटा आमा बनिसकेकी महिलालाई मात्रै थाहा हुन्छ । तर कतिपय अवस्थामा गर्भमा रहेको बच्चाको ख्याल गर्ने तरिका नजान्दा महिलाले गर्भवती भएर पनि ‘आमा’ भन्ने अवसर गुमाउने गर्छिन् । यो भोगाइ साह्रै पीडादायी हुन्छ । यो अवस्था आउन नदिन गर्भवती महिलाले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । अनि मात्र स्वस्थ शिशुको जन्म सम्भव छ ।
प्रतिक्रिया