घरपालुवा सिंहले तीन जनालाई आक्रमण गरेपछि मालिक पक्राउ
सारांश
- पाकिस्तानमा घरमा पालेको सिंहले महिला र बालबालिकालाई आक्रमण गरेपछि प्रहरीले सिंहको मालिकलाई पक्राउ गरेको छ।
- सीसीटीभी फुटेजमा सिंहले पर्खाल नाघेर महिलालाई आक्रमण गरेको देखिन्छ, जसमा महिला र बालबालिका घाइते भए।
- प्रहरीले सिंहको मालिकलाई अनुमति बिना सिंह पालेको र बेवास्ता गरेको आरोप लगाएको छ, र सिंहलाई वन्यजन्तु पार्कमा पठाइएको छ।
इस्लामवाद । पाकिस्तानमा प्रहरीहरूले एक पुरुषलाई पक्राउ गरेका छन् । घरमा पालेर राखेको सिंह भागेर बाटोमा हिँडिरहेकी एक महिला र उसको तीन जना सन्तानलाई आक्रमण गरेपछि प्रहरीले लाहोरबाट सिंहको मालिकलाई समातेको हो ।
एउटा सीसीटीभीको फुटेजमा पर्खाल नाघेर सिंह भागेको र सडकमा हिँडिरहेकी महिलालाई आक्रमण गरेको देखिन्छ । यस आक्रमणमा महिला र उनको तीन देखि सात वर्षबिचका सन्तानको पाखुरा र अनुहारमा सामान्य चोटपटक लागेको बताइएको छ । उनीहरूको अवस्था स्थिर रहेको भनिएको छ ।
प्रहरीले सिंहको मालिकलाई अनुमति नलिइकन घरमा सिंह पालेर राखेको अनि बेवास्ता गरेको आरोप लगाएको छ । सिंहलाई समातेर प्रहरीलाई वन्यजन्तु पार्कमा पठाएको छ । पाकिस्तानमा सिंह पाल्नुलाई ठुलै प्रतिष्ठाको रूपमा हेरिन्छ । पाकिस्तानमा कानुन रूपमा सिंह, चितुवा, बाघ आदि पाल्न पाइन्छ ।
दर्ता गरेर प्रति जनावर एक मुष्ट ५० हजार रुपैयाँ बुझाएपछि यस्ता जङ्गली जनावरलाई घरमै पाल्न सकिन्छ । तर यसका लागि सहरको सीमा तोकिएको छ । यो घटनापछि पन्जाबका अधिकारीहरूले गैरकानुनी रूपमा जङ्गली जनावर पालेर राख्नेका घरमा छापा मारेर १३ वटा सिंह जफत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण