फिल्म ‘कल्ली’ भारत र पाकिस्तानमा पनि रिलिज हुने
सारांश
- फिल्म 'कल्ली' फागुन १ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण गरिएको छ र नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ।
- 'कल्ली' मा सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । ‘कल्ली’ आगामी फागुन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारको फिल्ममा अभिनय छ । फिल्म नेपाली र हिन्दी दुई भाषामा तयार भइरहेको छ ।
फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज गर्ने गरेर दुई भाषामा बनाइएको निर्माता किरण नेपालीले बताए । उनले नेपालमा नेपाली र भारत र पाकिस्तानमा हिन्दी भाषामा फिल्म रिलिज हुने भएको जानकारी दिए ।
फिल्मलाई भारतमा एम.के फिल्म डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् । नेपालमा भने फिल्मको हिन्दी भर्सन रिलिज हुनेछैन ।
‘कल्ली’ को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको फिल्म हाल पोस्ट प्रोडक्सनमा रहेको छ ।
लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखेका हुन् । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा बनेको यो फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण