निर्देशक खरेलको ‘दुरदेखि आएँ प्रिय’ सार्वजनिक
सोमबार, २३ असार २०८२, १३ : ५७
सारांश
- माधवराज खरेलको शब्द रहेको नयाँ गीत 'दूरदेखि आएँ प्रिय' सार्वजनिक भएको छ।
- गीतमा आधुनिक सहरको विसङ्गति, सम्बन्धको सङ्कुचन र आत्म विरोधाभासको भाव चित्रण गरिएको छ।
- गीतमा डेभिड शंकरको स्वर, राजेन्द्र बजगाईँको सङ्गीत र पूजा ठकुरीको निर्देशन रहेको छ।
काठमाडौँ । फिल्म निर्देशक समेत रहेको माधवराज खरेल गीतकार पनि हुन् । उनका गीत सङ्गीत बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।
सोही क्रममा उनको शब्द रहेको नयाँ गीत ‘दूरदेखि आएँ प्रिय’ सार्वजनिक भएको छ । गीतमा आधुनिक सहरको विसङ्गति, सम्बन्धको सङ्कुचन र आत्म विरोधाभासको भावलाई गहिरो रूपमा चित्रण गरिएको छ ।
सो गीतमा गायक डेभिड शंकरको स्वर, राजेन्द्र बजगाईँको सङ्गीत र सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोमा गायक शंकरकै अभिनय छ ।
पूजा ठकुरीको निर्देशन रहेको भिडियोमा युदिन योञ्जनको छायाङ्कन र विनोद बमको सम्पादन रहेको छ । गीतकार खरेलको निर्देशन रहेको पछिल्लो फिल्म ‘चिठ्ठी’ प्रदर्शनको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण