कांग्रेस बैठक : महाधिवेशन गर्न नसक्ने सात भ्रातृसंस्थाको म्याद थपियो
काठमाडौँ । पार्टीले तोकिदिएको समयमा महाधिवेशन गर्न नसकेका सात भ्रातृसंस्थालाई अन्तिम पटकका लागि महाधिवेशन गर्न समय दिने निर्णय गरेको छ ।
कांग्रेस पार्टीले ती भ्रातृसंस्थाको महाधिवेशन गर्न बनाएको निर्देशन समितिमार्फत महाधिवेशन गर्ने गरी अन्तिम पटकका लागि समय थप्ने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।
गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकको आज सकिएको बैठकले त्यस्तो निर्णय गरेको हो ।कांग्रेसका ७ भ्रातृसंस्था तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले पार्टीको निर्देशन विपरीत महाधिवेशन गर्न सकेका थिएनन् ।
कांग्रेसले उनीहरूलाई महाधिवेशन गर्न चैत मसान्तसम्मको समय दिएको थियो । त्यसपछि पार्टीले उनीहरूको म्याद पनि थपेको थिएन । भङ्ग पनि गरेको थिएन ।
तीमध्ये केन्द्रीय समितिमा चार भ्रातृसंस्थाका तर्फबाट ती भ्रातृसंस्थालाई हेर्न पार्टीले बनाएको निर्देशन समितिले महाधिवेशनको मिति प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव समितिले पारित गरेको छ ।
महामन्त्री थापाले पेस गरेको नेपाल किसान महासङ्घ, थारु सङ्घ, लोकतान्त्रिक खेलकुद सङ्घ र तरुण दलका निर्देशन समितिले महाधिवेशन गर्नका लागि मिति प्रस्ताव गरेअनुसार बैठकमा प्रस्तुत गरेको मिति बैठकले पारित गरेको हो ।
महामन्त्री थापाले पार्टीमा किसान महासङ्घले भदौ ३ गते, थारु सङ्घले असोज २५ गते, लोकतान्त्रिक खेलकुद सङ्घले भदौ २० र २१ गते र तरुण दलले मङ्सिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव निर्देशन समितिमार्फत प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरेको मिति अनुरूप नै बुधबारको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तरुण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गतेसम्म गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको निर्देशन समितिलाई दिने निर्णय गरेको छ । अरूको महाधिवेशन मितिबारे निर्णय भएको छैन ।
बाँकी नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ र नेपाल दलित सङ्घको म्याद पनि अन्तिम पटकका लागि थपिएको र महाधिवेशनको मिति निर्देशक समितिसँगको छलफल पछि सार्वजनिक गर्ने निर्णय बैठकबाट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण