बिरामी अस्पतालमा अलपत्र, चिकित्सक माइतीघरमा विरोधमा व्यस्त (फोटोफिचर)
सारांश
- चिकित्सकहरुले उपभोक्ता संरक्षण ऐन संशोधनको माग गर्दै आन्दोलन गरेपछि अस्पतालमा बिरामी अलपत्र परेका छन्।
- आकस्मिक र सघन उपचार बाहेकका सेवा बहिष्कार गर्दै चिकित्सकहरु माइतीघरमा आन्दोलनमा उत्रिएका हुन्।
- उपभोक्ता अदालतको फैसलाका कारण जरिवाना तिर्नुपरेको भन्दै चिकित्सकहरुले विरोध जनाएका छन्।
काठमाडौँ । सोमबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरूका कारण बिरामीहरू अस्पतालमा अलपत्र परेका छन् । यता चिकित्सकहरू भने माइतीघरमा आन्दोलनमा व्यस्त छन् ।
अति संवेदनशील र आपत्कालीन सेवा अन्तर्गत पर्ने अस्पतालको आकस्मिक एवं सघन उपचार(आईसीयू) बाहेकका सेवा बहिष्कार गरेर चिकित्सकहरू मंगलबार पनि आन्दोलनमा उत्रिएका हुन् ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ मा विभिन्न सेवाहरूको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई पनि समावेश गरिएकोमा उचित संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । एकै व्यवस्थाका कारण उपभोक्ता अदालतले फैसला गर्दै चर्को जरिवाना गराएको चिकित्सकहरूको भनाइ छ ।
चिकित्सकहरूले उपभोक्ता अदालतको फैसलाको विरोध गर्दै आन्दोलन गरिरहँदा अस्पतालमा भने बिरामीहरूको बिजोग छ । टाढा टाढाबाट आएका बिरामीहरू अस्पतालमै अलपत्र परेका छन् । यसैगरी लामो समय पालो कुरेका र जटिल समस्या भएका बिरामीहरू झन् मारमा परेका छन् ।
_S5m1jtYWhU.jpg)
_UeQSGGgOBI.jpg)
_U1FxhL54Ba.jpg)
_lx9o8cGyK5.jpg)
_LavmlPdx8F.jpg)
_xTSL4ggpQb.jpg)
_lL81P3hig4.jpg)
_ppWQDMLxnq.jpg)
_ZKFQ0GnUQT.jpg)
_qDF9Ji1Q2o.jpg)
_nCbskRbAiG.jpg)
_C4PQhbvnw4.jpg)
_zfwSkdc2Md.jpg)
_wfBpKesr38.jpg)
_wWOAoumi8V.jpg)
_YVOC7u4Qx2.jpg)
_ldSFkmwoQA.jpg)
_uGCxZKoeDK.jpg)
_gGCBsZcRIt.jpg)
_a7eofhJn0E.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण