प्रतिनिधिसभामा शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ?
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रप्रा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीका नाइके जीबी राई कहाँ छन् भन्ने प्रश्न गरेका छन् ।
मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरे । ‘झण्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा । राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो । यो खोजी कार्य जारी गर्न पर्यो,’ शाहीले भने ।
पार्टी प्रतिपक्षमा हुँदा जीवीलाई पक्रेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री कहाँ छन् भन्ने प्रश्न पनि शाहीले गरे । ‘हिजो प्रतिपक्षमा हुँदा जीवी राई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नु भएको छ । राईलाई कहाँ लुकाएर राख्नुभएको छ,’ शाहीले भने ।
सरकारले नचाहेर राई पक्राउ नपरेको आरोप शाहीको छ । उनले सरकारले चाहेमा पक्राउ गर्न नसक्ने भन्ने कुरै नहुने बताए ।
शाहीले नेपाली काँग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको विचार नै बेचिसकेको टिप्पणी गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको सरकार छ भन्दा पनि मलाई लाज लागेर आयो । किनभने प्रजातान्त्रिक सरकार हो प्रजातन्त्रको वकालत गर्छौँ भन्नेहरूले संसद्मा एक जना मात्रै छ भने पनि उसको आवाज सुन्नुपर्छ भन्ने बीपी कोइरालालाई काँग्रेसले बेच्यो जस्तो लाग्यो मलाई । किनभने हामीले कयौँ दिनदेखि संसद्मा भिजिट भिसा प्रकरणबारे आवाज उठाइरहेका छौँ । सरकारले सुन्न खोजिरहेको छैन । यो हामीले सरकारका विरुद्धमा गरेको गतिविधि होइन । यो हाम्रो मानव बेचबिखनविरुद्धको अभियान हो । यो संसदमात्र होइन सडकबाट पनि हुन्छ याद राख्नुहोला । भोलि तपाईँकै मतदाताले सोध्नेछन्, भिजिट भिसाका कति पैसा कुम्ल्याउनु भयो ? भनेर के जवाफ दिनुहुन्छ ? त्यस कारण सङ्ख्याका आधारमा नभई अपराधका आधारमा छानबिन समिति बनोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण