सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

रुपन्देही–३ उपनिर्वाचन : नाउपाबाट उम्मेदवार उठाउने निर्णयप्रति जनमतको आपत्ति

मङ्गलबार, २४ असार २०८२, १८ : ०२
मङ्गलबार, २४ असार २०८२

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

रुपन्देही-३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरिएको हो । उक्त निर्णयप्रति डा.सिके राउत नेतृत्वको जनमत पार्टीले असहमति जनाएको छ । जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

मोर्चाबाट उपनिर्वाचनबारे आधिकारिक निर्णय गर्ने भएपछि जनमत पार्टीका नेताहरू आजको बैठकमा उपस्थित भएनन् ।  रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। 

निजामती ऐनमा कुलिङ पिरियडकाबारेमा भएको अनियमितताबारे छानबिनको माग समेत मोर्चाको बैठकले गरेको छ । साथै सर्वोच्च अदालतले ५२ जनाको संवैधानिक नियुक्तिलाई गरेको सदरप्रति पनि मोर्चाले आपत्ति जनाएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप