५१औँ दिनमा सकियो ‘कोशेढुंगा’ छायांकन
काठमाडौँ । सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको छ । फिल्मको छायांकन सोमबारबाट सकिएको हो ।
नियमित ५१ औँ दिनको छायांकनपछि फिल्म सकिएको निर्देशन पौडेलले जानकारी दिए । पौडेलले यसअघि हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका थिए ।
फिल्मको छायांकन ललितपुरको च्यासल, मकवानपुरको चितलाङ्ग, मार्खुलगायत क्षेत्रमा गरिएको छ । फिल्मको रिलिज मिति १२ भदौ घोषणा गरिएको छ । फिल्म नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुनेछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।
नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्म ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण