विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङ्कट पार गर्न सकिने छ : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन् ।
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहनु भएका मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहट लगायतका मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन नै निक्कै कठिन भएको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिए ।
“यो प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म वीरगन्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमनसमेत गरिरहेको छु,” उनले भने, “खानेपानीको समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सा लगायतका जिल्लाहरूसहित वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा हालसम्म २३७ भन्दा बढीको सङ्ख्यामा डिप बोरिङ गाडी सकिएको छ । पानीको समस्या समाधानका लागि थप पहल भइरहेको छ ।”
यसैगरी उनले आगामी आर्थिक वर्षको सुरुवातसँगै यस कार्यलाई अझ द्रुत गतिमा अगाडि बढाइने बताउनु हुँदै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताए ।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकको सहयोगमा रु ४ अर्ब ५० करोडको लागतमा वीरगन्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उनको भनाई छ ।
“यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दै उनले सबैको सहयोग र समन्वयले नै पानी संकटको समाधान निकाल्न सकिने छ,” उनले भने ।
साथै प्रदेश र स्थानीय सरकार तथा खानेपानी र सरसफाइ क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उनले आग्रह समेत गरे ।
मन्त्री यादवले भने, “यस विपद्को घडिमा हामी सबैको सहकार्यबाट यो सङ्कट पार गर्न सकिने दृढ विश्वास लिएको छु । विपत्तिका बेला हामी सबै एक हौँ, सङकटका घडीमा सहकार्य नै हाम्रो बल हो ।”
तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी निमित्त हुँदै २०८१ भदौ २० गते प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।
तर उनीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण