बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कार्गाे जहाजमाथि हमला हुँदा चालक दलका दुई सदस्यको मृत्यु

बुधबार, २५ असार २०८२, ११ : ५७
बुधबार, २५ असार २०८२

सारांश

  • यमनको तट नजिकै लाल सागरमा लाइबेरियाको ध्वजाबाहक जहाज 'इटर्निटी सी' माथि आक्रमण भयो।
  • आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भयो, र जहाजमा क्षति पुग्यो।
  • जहाजमा २२ जना चालक दल थिए, तर अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

काठमाडौँ । यमनको तट नजिकै लाल सागरमा लाइबेरियाको ध्वजाबाहक जहाज ‘इटर्निटी सी’माथि आक्रमण भएको छ । 

सो आक्रमणमा परेर चालक दलका दुई जना सदस्यको मृत्यु भएको ‘अन्तर्राष्ट्रिय समुद्री संगठन’ का लाइबेरिया प्रतिनिधिले बताए । 

उनका अनुसार जहाजमाथि भयानक आक्रमण भएको थियो ।  साना डुङ्गाहरूबाट प्रहार गरिएको रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी) का कारण जहाज क्षतिग्रस्त भएको समाचारमा उल्लेख छ । 

आक्रमणपछि जहाज समुद्रमा ढल्किएको थियो । रोयटर्सका अनुसार इटर्निटी सी जहाजमा कुल २२ जना चालक दलका सदस्यहरू थिए । यीमध्ये ११ जना फिलिपिन्सका र एक जना रुसका पनि थिए । यद्यपि अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप