प्रधानमन्त्रीको भ्रमणबारे गृहमन्त्रीले भने– असत्यका पुलिन्दा बाँध्ने काम भयो
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे केहीले असत्यका पुलिन्दा बाँध्ने काम गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग विदेश भ्रमण जान टिलोको निधो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै टुङ्गो लगाउने बताए ।
‘प्रधानमन्त्रीको भ्रमणमा जाने मानिसहरू नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जान्छ । त्यो कुरा सार्वजनिक हुन्छ । को को मानिस सम्माननीय प्रधानमन्त्रीसँग विदेश जानुभएको छ भन्ने लिष्ट हुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने को को मान्छे जानु भएको थियो, त्यसमध्ये को फर्किएर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो भन्ने मेरो आग्रह छ । होइन भने यस्ता कल्पनामा असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन ।’
गृहमन्त्री लेखकले सांसदहरूले जिम्मेवार ढङ्गले सत्य तथ्य सूचना संसद्मा बोल्नुपर्ने बताए । सांसदले जुनसुकै विषयको पनि सामान्य जानकारी राख्न पर्ने गृहमन्त्री लेखकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण