डिपो सार्ने काममा सहजीकरण गर्न नागरिक उड्डयनलाई आयल निगमले लेख्यो पत्र
सारांश
- नेपाल आयल निगमले त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो सार्न प्राधिकरणलाई पत्र लेखेको छ।
- डिपो सार्न प्राधिकरणले गर्नुपर्ने कामहरू अघि नबढ्दा प्रक्रिया रोकिएको निगमको भनाइ छ।
- गुहेश्वरीमा डिपो सार्न डीपीआर अन्तिम चरणमा पुगे पनि प्राधिकरणका कारण काम रोकिएको जनाइएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरणको काम अघि बढाउन नेपाल आयल निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेको छ।
विमानस्थलको क्षमता विस्तार परियोजनाअन्तर्गत हालको डिपो रहेको स्थानमा ट्याक्सी वे निर्माण गर्नुपर्ने भन्दै अघि बढाइएको डिपो सार्ने प्रक्रियामा आवश्यक सहजीकरण गरिदिन निगमले प्राधिकरणको ध्यानाकर्षण गराएको हो।
निगमको हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख इन्जिनियर प्रदीप यादवले लेखेको उक्त पत्रमा डिपो स्थानान्तरणका लागि प्राधिकरणले गर्नुपर्ने कामहरू अगाडि नबढ्दा सम्पूर्ण प्रक्रिया रोकिएको उल्लेख छ। निगमले आफ्नोतर्फबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुर्याए पनि प्राधिकरणको ढिलाइका कारण काम अघि बढ्न नसकेको जनाएको छ।
हाल निगमको डिपोलाई गुहेश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स नजिक सार्नको लागि निगमबाट डीपीआर निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्दा पनि तपसिलका बुँदाहरूमा त्यहाँ प्राधिकरणलाई बारम्बार पत्राचार गर्दा समेत कार्यहरू अगाडि नबढेको भन्दै यसलाई तत्काल अघि बढाइदिन निगमले क्यानसँग आग्रह गरेको छ।
निगमका अनुसार प्राधिकरणले सो क्षेत्रमा चार वटा काम गर्न बाँकी छ । पहिलो प्रस्तावित जग्गाको चार किल्ला तोकेर निगमलाई उपलब्ध गराउने। दोस्रो, प्रस्तावित निर्माण स्थलमा रहेका रुखहरू कटान गरिदिने। तेस्रो, प्रस्तावित निर्माण स्थलमा रहेको नेपाली सेनाको भवन हटाइदिने। र चौथो, डिपो निर्माणका लागि आवश्यक जग्गाको ‘ल्यान्ड एग्रिमेन्ट’ गरिदिने। यी कामहरू नभएसम्म डिपो निर्माण अघि बढाउन नसकिने निगमको प्रस्ट्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण