प्रदर्शन
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने
बुधबार, २५ असार २०८२, २० : ०२
सारांश
- माओवादी केन्द्रसहित १२ दलले प्यालेस्टाइनमा इजरायलको ज्यादतीको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
- इजरायली आक्रमण र मानवअधिकार हनन् विरुद्ध प्रदर्शन गर्ने माओवादी केन्द्रले जनाएको छ।
- प्रचण्डको पहलमा १२ राजनीतिक दलहरूले संयुक्त प्रदर्शनको तयारी गरेका छन्।
काठमाडौँ । प्यालेस्टाइनमाथि इजरायलले ज्याजदी गरेको भन्दै नेकपा माओवादी केन्द्रसहित १२ वटा राजनीतिक घटकहरूले असार २७ गते अर्थात शुक्रबार काठमाडौँमा संयुक्त जनप्रदर्शन गर्ने भएका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा जारी सर्कुलरअनुसार, इजरायली सरकारले अमेरिकी साम्राज्यवादको संरक्षणमा गाजा लगायतका क्षेत्रमा आक्रमण र मानवअधिकार उल्लङ्घन गरेको भन्दै यो प्रदर्शनको आयोजना गरिएको हो ।
सामाजिक तथा राजनीतिक रूपमा यो विषयमा साझा धारणा राख्ने १२ वटा राजनीतिक दलहरूबिच असार २३ गते संयुक्त बैठक बसेको थियो ।
उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा साझा प्रदर्शनको तयारी गरिएको माओवादीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण