एनआरएनए जापानको उपाध्यक्षमा दिलीप कंडेलको उम्मेदवारी
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा समाजसेवी दिलीप कंडेलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
बागलुङ जिल्लाको गल्कोटमा जन्मिएर जापानलाई आफ्नो कर्मभूमि बनाएका कंडेल विगत एक दशकदेखि सामाजिक सेवामा सक्रिय छन्। नेपालमा मठ–मन्दिरको संरक्षण, ग्रामीण सडक निर्माण तथा कृषि प्रवर्द्धन जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका उनी जापानमा विशेषगरी कान्साई क्षेत्रमा आफ्नो प्रभावशाली सामाजिक उपस्थिति कायम गर्न सफल भएका छन् ।
आपतविपत्तिको घडीमा पीडितहरूको सहयोग, विद्यार्थी तथा श्रमिकहरूको समस्यामा प्रत्यक्ष संलग्नता, जातीय, भेगीय तथा प्रदेशस्तरीय संघसंस्थामा सक्रिय सहभागिता उनको परिचय बनेको छ।
साझा नेपाली सांस्कृतिक घर निर्माणमा पूर्ण प्रतिबद्धता भन्ने मूल नाराका साथ अघि बढेका दिलीप कंडेल जात, धर्म, भाषा र संस्कृतिप्रति गहिरो सम्मान र अपनत्व राख्ने नेतृत्वका रूपमा स्थापित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण