तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट छिट्टै समाधान गर्छौँ : खानेपानीमन्त्री
पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट छिट्टै समाधान गरिने विश्वास व्यक्त गरेका छन् ।
बुधबार मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा, टोल तथा घर घरमा पुगेर निरीक्षण तथा अनुगमन गरी तत्कालै खानेपानीको समस्या समाधान गर्न आफू लागि परेको बताए ।
उनले भने,“वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म पहल गरिरहेको छु । सयौँ ठाउँमा डिप बोरिङ जडान भई खानेपानी आपूर्ति भइरहेका छन् । अन्य समस्याग्रस्त क्षेत्रमा पनि डिप बोरिङ जडानको कार्य सुरु भएकाले यहाँको समस्या छिट्टै समाधान हुनेछ ।”
खानेपानीको समस्या ग्रस्त भएका यहाँका विभिन्न वडा, गाउँ तथा टोलहरूमा निरीक्षण गर्दै मन्त्री यादवले पछिल्लो समय जनताले भोगिरहेको खानेपानीको अभावले आफू निकै चिन्तित भएको बताए ।
जलवायु परिर्वतनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण