स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
बुधबार, २५ असार २०८२, २१ : ३१
वीरगन्ज। वीरगन्जमा स्वीमिङ्ग पुलमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । वीरगन्जको आदर्शनगरस्थित स्वीमिङ्ग पुलमा डुबेर वीरगन्ज महानगरको वडा नम्बर ११ स्थित प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार डुबेर अचेत भएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना शङ्कास्पद रहेकोले सूक्ष्म अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ । नाबालकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण