बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डोटिम परिसंघको राष्ट्रिय भेला गर्दै जसपा नेपाल

बिहीबार, २६ असार २०८२, ०९ : १४
बिहीबार, २६ असार २०८२

सारांश

  • जसपा नेपालले डोटिम परिसंघको राष्ट्रिय भेला काठमाडौँमा गर्दैछ।
  • भेलाको उद्देश्य दलित, आदिवासी जनजाति लगायतका समुदायको अधिकारका लागि संघर्ष गर्नु हो।
  • पार्टीले भेलामा जातीय पहिचान झल्किने पहिरनमा उपस्थित हुन आह्वान गरेको छ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले डोटिम परिसंघको राष्ट्रिय भेला गर्न लागेको छ । डोटिम परिसंघको असार २८ गते (शनिबार) काठमाडौँको डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा गर्न लागिएको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

बस्नेतले नेपालको वर्तमान राजनीतिक प्रणालीमा संरचनागत भेदभाव कायम रहेको भन्दै दलित, आदिवासी जनजाति, महिला, थारु, अन्य पिछडावर्ग तथा अल्पसङ्ख्यक समुदायहरूको राजनीतिक र आर्थिक अधिकार र सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीले डोटिम परिसंघ गठन गरेको बताए ।

राष्ट्रको मूलधारमा समावेश हुन नसकेका सामाजिक समूह, वर्ग, सम्प्रदाय, जात, जाति, धर्म, लिङ्ग र भासाभासीलाई राष्ट्रको मूलधारमा समावेश गरी शक्ति, साधन स्रोत र अवसरमा न्यायोचित साझेदारीका लागि डोटिम परिसंघले संघर्ष र पैरवी गर्ने उनको भनाइ छ ।  उनले भने, ‘डोटिम परिसंघ पहिचान र अधिकारको आन्दोलन हो ।’

जसपा नेपालले चन्देश्वर पासवान संयोजकत्वमा गठन गरेको डोटम परिसंघको राष्ट्रिय भेलाको तयारी गर्न तथा आवश्यक सहयोग गर्न बनाइएको कार्यदलले भेलाको तयारीलाई तीव्रता दिएको छ ।

जसपा नेपालले भेला तथा अन्तरक्रिया कार्यक्रममा आउने सहभागीहरूलाई आ–आफ्नो जातीय पहिचान झल्किने पहिरनमा उपस्थित हुन आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप