गुरु पूर्णिमाको अवसर पारेर फिल्म ‘बाकस’ निर्माणको घोषणा
बिहीबार, २६ असार २०८२, ११ : ५६
काठमाडौँ । ‘बाकस’ नामबाट पनि निर्माण हुने भएको छ । गुरु पूर्णिमाको अवसर पारेर पिके इन्टरटेनमेन्ट प्रालिले फिल्म निर्माण घोषणा गरेको हो ।
फिल्म नवीन पन्तले निर्देशन गर्न लागेका हुन् । फिल्मको कथा पनि निर्देशक पन्त आफैंले लेखेका छन् ।
नेपाली परिवेशको कथामा निर्माण गरिने बताइएको फिल्म स्वदेश र विदेश दुवै स्थानमा छायांकन हुनेछ । हाल फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ ।
फिल्मका लागि शंकर अधिकारी घायल र नारायण बस्नेतले गीत लेखेका छन् । आगामी तिहारपछि फ्लोरमा जाने फिल्म २०८३ सालमा प्रदर्शन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण