यति एयरलायन्स र संयुक्त राष्ट्र संघवीच साझेदारी

ति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यलयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धन गर्न नयाँ साझेदारीको सुरुवात गरेका छन ।
एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समतामुलक, न्यायसंगत र सुरक्षित विश्व निर्माणका लागि तयार पारिएको साहासिक एवम् विश्वव्यापी दस्तावेज हो ।
यस सहकार्य अन्र्तगत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्य सम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाको परिचालनमा पहल गर्नेछन । यस सहकार्यले वातावरण परिवर्तन अनुकुलन, गरिबी न्युनीकरण र लैङ्गिक समनता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेलको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्ने जनाइएको छ ।
नेपाल लगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमा अवलम्बन गरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापी लक्ष्य हासिल गर्न निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउन साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुकालागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ ।
समझदारीपत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा
-
२०८४ मा डिजिटल वार हुन्छ, तयारी नगरे पाखा परिन्छ : गौतम
-
च्याम्पियन्स लिगको फाइनल हेर्न जब यी दुई युवा २७ घण्टा बाथरुममा लुके !
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु