बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी
सारांश
- कैलालीका परशुनारायण चौधरीले १४ वर्षदेखि व्यावसायिक बङ्गुर पालन गर्दै वार्षिक ३० लाखको पाठापाठी बिक्री गर्छन्।
- उनले बङ्गुर पालनबाट वार्षिक १२ लाख आम्दानी गर्छन् र सोही आम्दानीबाट इँटाभट्टा र मसला उद्योग चलाएका छन्।
- चौधरीले भेटेरिनरी अस्पतालबाट अनुदान पाएका छन् र उनले किसानलाई कोल्डस्टोरको आवश्यकता औंल्याए।
कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुर पालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भाले पोथी गरेर २७ वटा बङ्गुर छन् । उनको फार्मबाट वार्षिक रु ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।
खर्च कटाएर औसतमा वार्षिक रु १२ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनले बताए । बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी रु छ हजारमा बिक्री गर्ने गरेका छन् ।
बङ्गुर पालनबाट गरेको कमाइले उनले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताए । ‘बङ्गुर पालन राम्रै फापेको छ’, उनले भने- ‘यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो,अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।’
चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष रु ९० हजार अनुदान प्राप्त गरेका छन् । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले बताए । उनी सफल कृषकका रूपमा समेत पुरस्कृत भइसकेका छन् ।
सुरुका वर्षमा मासु बिक्री गरेका उनले मासुका लागि बजार नपाएपछि पाठा पाठी बिक्री गर्न थालेको बताए । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, वधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण