सिसन बानियाँलाई लिएर नयाँ गीत निकालेका दुर्गेशको धमाका, २४ घण्टा मै २२ लाखभन्दा बढीले हेरे
काठमाडौँ । बुधबार आफ्नो निजी युट्युब च्यानलमार्फत ‘जाने भए जाम माया’ बोलको गीत सार्वजनिक गरेका गायक तथा मोडल दुर्गेश थापाले २४ घण्टामै धमाका मच्चाएका छन् ।
उनको गीतले बिहीबार राति ९ बजे यो समाचार तयार पर्दासम्म २२ लाख भन्दा धेरै दर्शक पाइसकेको छ ।
दुर्गेशले यो पटक भ्लगर सिसन बानियासँग समेत सहकार्य गरेका छन् । गीतमा दुर्गेशसहित सिसन र अल्हाजी गेरो (विदेशी नागरिक)को आवाज रहेको छ । गीत दुर्गेशले नै लेखका हुन् भने म्युजिक भिडियोमा दुर्गेश, सिसन र गेरोसहित गुराँस नानीको अभिनय रहेको छ ।
गीतले अहिले युट्युबको नम्बर १ ट्रेन्डिङ कब्जा गरिसकेको छ भने विदेशका कतिपय देशमा समेत ट्रेन्डिङमा रहेको बताएको छ । नेपालमा छोटो समयमै यति धेरै भ्युज हुने गीतको रेकर्ड पनि दुर्गेशकै गीतले बनाएको बताइएको छ ।
दुर्गेशको गीतले विदेश यात्रा, आधुनिक जीवनशैली र भौतिक सम्पन्नताप्रतिको आकर्षणलाई मुख्य सन्देश बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण