कालीगण्डकी करिडोर अवरुद्ध
शुक्रबार, २७ असार २०८२, ०९ : ०१
सारांश
- गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ।
- सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेको र तत्काल पहिरो पन्छाउन असम्भव भएको छ।
- जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ।
गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण