मौद्रिक नीतिमा आपत्ति जनाउँदै नाडाले भन्यो– ‘अटो क्षेत्रलाई उपेक्षा गरियो’
काठमाडौँ । नाडा अटोमोबाइल एशाेसिएसन अफ नेपालले राष्ट्र बैंकले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीति प्रति आपत्ति जनाएको छ । अटो व्यवसायीहरूको माग र गुनासोलाई सम्बोधन नगरी नीति ल्याएको भन्दै नाडाले आपत्ति प्रकट गरेको हो ।
विज्ञप्ति जारी गर्दै नाडाले भनेको छ ‘मौद्रिक नीति हामी अटोमोबाइल व्यवसायीहरूको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको हामीले महसुस गरेका छौ । सो मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रले दिएको सुझावहरूलाई गम्भीरतापूर्वक नलिएको मात्र होइन कहीँ कतै सम्बोधन समेत गरिएको छैन ।’
अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विद्यमान नीतिहरूलाई अहिले पनि यथावतै राखिएको जनाएको छ । नीतिमा सवारी ऋण, आयात प्रक्रिया, र औद्योगिक मान्यतामा कुनै उल्लेखनीय सुधार नगरिएको नाडाले जनाएको छ ।
सवारी ऋणको सन्दर्भमा, विशेष गरी इन्धनबाट चल्ने तथा लग्जरी सवारी साधनहरूको प्रावधानमा अझै पनि कडाइ गरिएको नाडाको तर्क छ । मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको उत्थानका लागि कुनै विशेष रोडम्याप अथवा सुधारका कार्यक्रमहरू तय नगरिएको नाडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण