बाघको आक्रमणबाट एक जनाको मृत्यु
शुक्रबार, २७ असार २०८२, १८ : ३७
चितवन । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।खैरहनी नगरपालिका–१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको आज मृत्यु भएको हो ।
मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि शुक्रबार बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।
खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण