शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गृह जिल्लामा देवेन्द्रराज कँडेललाई पार्टीबाट निष्कासन गरिएपछि...

शुक्रबार, २७ असार २०८२, २२ : १७
शुक्रबार, २७ असार २०८२

सारांश

  • नवलपरासीमा कांग्रेसभित्र नेताहरूलाई आरोप प्रत्यारोप लगाउँदै कारबाहीको घटना बाहिर आएको छ।
  • जिल्ला कार्यसमितिले कांग्रेस नेता देवेन्द्रराज कँडेललाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
  • कँडेलले जिल्लाको कारबाही हास्यास्पद रहेको र विधान मिचेको आरोप लगाएका छन्।

बुटवल । नवलपरासी जिल्लामा नेपाली कांग्रेसभित्र एकले अर्को नेतालाई आरोप प्रत्यारोप लगाएर हटाउने सम्मका घटना बाहिर आएका छन् ।

जिल्लाको  बर्दघाट नगरपालिका निवासी  कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई निवार्चनका बेला पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको अभियोग लगाउँदै अनुशासन समितिले कारबाही गरेपछि त्यसको प्रतिउत्तरमा जिल्ला कार्यसमितिले पूर्व सांसद एवं कांग्रेसका केन्द्रीय सदस्य  देवेन्द्रराज कँडेललाई ५ वर्षका लागि  हटाउने निर्णय गरेको छ ।  

शुक्रबार कँडेललाई हटाउने घोषणा गरिएको हो । कँडेल संस्थापन पक्ष र  खनाल संस्थापन इतर समूह हुन् । बर्दघाटमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवले केन्द्रीय सदस्य कँडेललाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जानकारी दिए । कँडेलले भने जिल्लाको कारबाहीमा कुनै तुक नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘जिल्लाले कारबाही गरेर हुने भए सिधै सभापति शेरबहादुर देउवालाई हटाए भइहाल्यो नि, विधानअनुसार साधारण सदस्यलाई पनि हटाउने अधिकार  छैन । जिल्लाले  कारबाहीको लागि प्रमाण सहित सिफारिस गर्ने मात्र हो ।’

उनले आफूलाई हटाएको भनिएको कुरा हास्यास्पद रहेको टिप्पणी गरे। उनले भने, ‘यदि कारबाही गर्ने हो भने प्रमाणसहित पठाउनुपर्छ । त्यो काम अनुशासन समितिले गर्ने हो तर यहाँ जिल्लामा विधान समेत राम्रोसँग नबुझेकाहरूले सस्तो लोकप्रियताका लागि मलाई कारबाही गरेको प्रचार गरे ।’

पूर्व गृह राज्यमन्त्री कँडेल सङ्घीय चुनावमा नवलपरासी क्षेत्र नम्बर २ मा राप्रपाका धुव्रबहादुर प्रधानसँग पराजित भएका थिए । कँडेल पराजय हुनुमा पार्टी भित्रको अन्तर्घात रहेको एक थरीको आरोप  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप