सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

शुक्रबार, २७ असार २०८२, २२ : ३७
शुक्रबार, २७ असार २०८२

सारांश

  • राप्रपाका संस्थापक पशुपति शम्शेर जबराको ८४औँ जन्मोत्सवमा जनसम्मान गरिएको छ।
  • काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो।
  • कार्यक्रममा राजेन्द्र लिङ्देन र द्वारिकानाथ ढुङ्गेलले जबराको योगदानबारे चर्चा गरे।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर जबराको ८४ औँ जन्मोत्सवका अवसरमा जनसम्मान गरिएको छ ।  काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा राप्रपासहित विभिन्न ८४ वटा सङ्घसंस्थाका तर्फबाट उनलाई सम्मान गरिएको हो ।

सो अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले नेपाली समाज, राजनीति र पूर्वाधार विकासमा पुराना राजनीतिज्ञ जबराले खेल्नुभएको भूमिकाबारे चर्चा गरे । राप्रपाका पूर्वअध्यक्षसमेत रहेका जबराको जन्म विसं १९९८ वैशाख २५ गते विजयशम्शेर जबरा र सरलादेवी राणाको सुपुत्रका रूपमा भएको थियो ।

तत्कालीन गृह पञ्चायत मन्त्रालयको सहसचिवबाट जागिरे जीवन प्रारम्भ गरेका जबरासँग राष्ट्र बैंकको निर्देशक, राष्ट्रिय पञ्चायत र प्रतिनिधिसभा सदस्य तथा मुलुकको यातायात, पर्यटन, स्थानीय विकास, अर्थ, परराष्ट्र, जलस्रोत, शिक्षालगायत महत्वपूर्ण मन्त्रालयको नेतृत्व सम्हाल्हेको अनुभव छ । उनी हालको प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप