बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

इटाली टी-२० विश्वकपमा छनोट, स्कटल्यान्ड बाहिरियो

शनिबार, २८ असार २०८२, ०५ : ४६
शनिबार, २८ असार २०८२

सारांश

  • इटालीले २०२६ को टी-२० विश्वकपका लागि स्थान सुरक्षित गर्‍यो, नेदरल्यान्ड्ससँगको खेलमा पराजित भए पनि छनोट भयो।
  • नेदरल्यान्ड्सले पनि विश्वकपमा स्थान पक्का गर्‍यो, स्कटल्यान्ड भने जर्सीसँगको हारपछि बाहिरियो।
  • इटाली र जर्सीको समान अङ्क भए पनि, उत्कृष्ट नेट रन-रेटका आधारमा इटाली छनोट भयो।

हेग । आगामी २०२६ मा भारत र श्रीलंकामा हुने पुरुष टी-२० विश्वकपका लागि इटालीले स्थान सुरक्षित गरेको छ। 

हेगमा भएको खेलमा नेदरल्यान्ड्ससँग पराजित भए पनि इटालीले पहिलो पटक क्रिकेट विश्वकपमा आफ्नो उपस्थिति जनाउने भएको हो। नेदरल्यान्ड्सले पनि १३५ रनको लक्ष्य सहजै पछ्याउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।

पछिल्ला चार संस्करणको टी-२० विश्वकप खेलेको स्कटल्यान्ड भने यस पटक बाहिरिएको छ। शुक्रबार भएको अर्को खेलमा जर्सीसँग अन्तिम बलमा पराजय भोगेका कारण स्कटल्यान्डको विश्वकप यात्रा टुङ्गिएको हो। एक विकेटको सनसनीपूर्ण जित हात पारे पनि जर्सी पनि नेदरल्यान्ड्सले इटालीलाई हराएपछि प्रतियोगिताबाट बाहिरियो। इटाली र जर्सी दुवैको समान पाँच अङ्क भए पनि, उत्कृष्ट नेट रन-रेटका आधारमा इटाली २०२६ को टी-२० विश्वकपमा छनोट हुन सफल भयो।

प्रतियोगितामा छनोट हुन इटालीलाई ठुलो हारबाट जोगिनु मात्र थियो, जुन उनीहरूले नेदरल्यान्ड्सको १३५ रनको लक्ष्यलाई १६.२ ओभरसम्म पुर्‍याएर गरे। इटालीले १५औँ ओभरमा नै आफ्नो विश्वकप स्थान निश्चित गरिसकेको थियो, त्यसपछि नेदरल्यान्ड्सले आफ्नो काम पूरा गर्दै इटालीसँगै विश्वकपमा स्थान बनायो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप