अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैन : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गरेका छन्।
- उनले परोपकारी कार्य गर्न र मानिसहरूलाई आफ्ना कामहरूबाट स्मरण गर्नुपर्ने बताए।
- अस्पतालले बीमा सुविधा, ल्याब, इको, र भिडियो एक्स-रेलगायत सेवाहरू प्रदान गर्दछ।
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताएका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्दै उनले मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरूबाट स्मरण गर्न सक्ने बनाउनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘परोपकारी कार्य गर्नुपर्छ । यस कार्यबाट अरूले पनि परोपकारी कार्य सिक्नुपर्छ, अनुशरण गर्नुपर्छ । मानिसले मर्दा केही पनि लाँदैन, काम कृतिहरू स्मरण गर्ने हो । अहिले भन्दा १०२ वर्षअघि जन्मिनुभएकी भागिरथा न्यौपानको नाममा अहिले हामी अस्पतालको नामकरण गर्दैछौँ ।’
शनिबार झापामा पुगेर प्रधानमन्त्री ओलीले भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गरे । अस्पताल भवनको उद्घाटन भने प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाए । गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराए ।
२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शय्यामा सञ्चालित छ । अस्पतालले बीमा सुविधा, ल्याब, इको, भिडियो एक्स-रेलगायत सुविधा उपलब्ध गराउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथ दर्शनको तस्बिर राख्दै बलिउड अभिनेत्री शर्लिनले भनिन् : शिवको आशिर्वादले धन्य भएँ
-
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन
-
स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन
-
रास्वपा महाधिवेशन उद्घाटनमा गगनदेखि सीके राउतसम्म सहभागी, तस्बिरहरू
-
मिडिया सम्मेलनको बुटवल घोषणापत्र २०८३ जारी, विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण