राजनीति
एमालेले बोलायो विभागहरूको संयुक्त भेला
आइतबार, २९ असार २०८२, ११ : ०१
सारांश
- एमालेले विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ।
- उक्त भेला आइतबार दिउँसो च्यासलमा बस्नेछ, जसमा सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरू सहभागी हुनेछन्।
- महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने उक्त भेला भदौमा हुने विधान महाधिवेशनको तयारी स्वरूप हो।
काठमाडौँ । नेकपा (एमाले) ले पार्टी केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ । विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले आइतबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी भेला बोलाएको हो ।
भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । एमालेमा ३२ वटा केन्द्रीय विभाग रहेका छन् ।
भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् । आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशनको मिति तोकेको एमालेले यसअघि जनसङ्गठनहरूको भेला सम्पन्न गरेको थियो ।
साउन २ गते स्थायी कमिटी र ५ गते केन्द्रीय कमिटी बैठक गरेर विधान महाधिवेशनमा होमिने एमालेको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण