जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
आइतबार, २९ असार २०८२, ११ : ४३
सारांश
- दाङमा एक पुरुष ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
- रुकुम पश्चिम चौरजहारीका ३५ वर्षीय वीरबहादुर वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
- पीडित महिलाको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
दाङ । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ भुह्यारथान डेरा गरी बस्ने रुकुम पश्चिम चौरजहारी नगरपालिका– ११ घर भएका ३५ वर्षीय वीरबहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वीरबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण