जनमत पार्टीका कार्यकर्ताले छ्यापे नेतामाथि मोसो
सारांश
- जनमत पार्टीका अध्यक्ष सिके राउतको विरुद्धमा अभियान चलाएका निलम्बित उपाध्यक्ष र कोषाध्यक्षलाई पार्टीकै कार्यकर्ताले मोसो हाने ।
- उपाध्यक्ष र कोषाध्यक्ष जनसंवाद अभियानमा सहभागी हुन जाँदै गर्दा बारामा मोसो हानिएको थियो ।
- निलम्बित कोषाध्यक्ष यादवले ज्यान लिने प्रयास भएको र सिके राउतको इसारामा आक्रमण भएको आरोप लगाएका छन् ।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको विरुद्धमा ‘जनसंवाद अभियान’ सञ्चालन गरिरहेका पार्टीका निलम्बित उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि पार्टीकै कार्यकर्ताले मोसो छ्यापेका छन् ।
उपाध्यक्ष साह र कोषाध्यक्ष यादवलगायतका नेताहरू शुक्रबारदेखि जनसंवाद अभियानमा रहेका छन् । साेही कार्यक्रममा जान लागेका उनीहरुलाई बारामा मोसो छ्यापिएको हो ।

यता, निलम्बित कोषाध्यक्ष यादवले आफूमाथि मोबिल र पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको दाबी गरे । आफूहरू पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्न बारा पुगेको तर त्यहाँ सीके राउतका कार्यकर्ताले आफूहरूमाथि आक्रमणको प्रयास गरेको उनको दाबी छ ।
जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलले निलम्बनमा परेका नेताहरूले पार्टीको झन्डा र ब्यानर प्रयोग गर्न नपाइने बताउँदै केही कार्यकर्ताहरूले कालोमोसो छरेको स्वीकार गरे ।
पटेलले भने– ‘जुन नेतालाई पार्टीले कारबाही गरिसकेको छ, त्यो नेताले पार्टीको लेटरप्याड, झन्डा, ब्यानर कसरी प्रयोग गर्न पाइन्छ ? यो गैरकानुनी काम हो, उहाँहरूलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दर्ता गराएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण