स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोगको छानबिनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग
सारांश
- राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरण र भिजिट भिसा छानबिनको माग गरेका छन्।
- सांसद शाहीले प्रधानमन्त्री सहभागी स्पेन कार्यक्रममा गएका नेपाली नफर्किएको विषयमा छानबिनको माग गरे।
- उनले संसदीय छानबिन समिति गठन गर्न सरकार किन डराएको भन्दै प्रश्न गरे र आन्दोलन जारी रहने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राखेका हुन् । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरू नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । उनले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गरे ।
उनले भने, ‘अहिले प्रधानमन्त्री सहभागी कार्यक्रममा सहभागी हुन भनी गएका मान्छेहरू नफर्किएको पुष्टि भइसकेको छ । यसको छानबिन गरौँ । संसदीय छानबिन समिति बनाउनको लाग यो सरकार किन डराएको छ । यसबारे संसदीय छानबिन समितिको माग गर्दछौँ ।’
उनले भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि छानबिन समिति नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण