झ्याप्ले खोलामा यसरी हुँदैछ सडक पुनर्निर्माण र पहिरो रोकथामको काम
सारांश
- गत वर्ष असोज १२ गते नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्ले खोलामा गएको पहिरोमा धेरैले ज्यान गुमाए।
- हाल पहिरो गएको स्थानमा पुनर्निर्माण र रोकथामको काम भइरहेको छ, जसमा ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेको छ।
- निर्माण व्यवसायीका अनुसार पहिरो सडक माथि गरिएको जग्गा प्लटिङका कारण आएको हो।
काठमाडौँ । नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गते भीषण पहिरो गरेको थियो । उक्त पहिरोमा पुरिएर कयौँले ज्यानसमेत गुमाएका थिए । सोही पहिरो गएको ठाउँमा हाल पुनर्निर्माणको काम भइरहेको छ । साथै पहिरो रोकथामको काम पनि सँगसँगै भइरहेको छ ।
चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुनले संयुक्त रूपमा निर्माण गरिरहेको यो सडकको पहिलो खण्ड लगभग ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेको छ ।
निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार चिनियाँ साझेदार भए पनि सबै काम नेपाली कम्पनीले नै गरिरहेको छ। एक तहको कालोपत्रे लगभग सकिएको उनले जानकारी दिए।
सडकभन्दा २००/३०० मिटर माथि गरिएको जग्गा प्लटिङका कारण पहिरो गएर कल्भर्ट थुनिएर सडक बगाएको उनले बताए । 'पहिरो हाम्रो निर्माण कार्यले गर्दा आएको होइन, यो पूर्ण रूपमा माथिको प्लटिङको अव्यवस्थित कार्यले निम्त्याएको हो,' घिमिरेले भने ।
पहिरो गएपछि सडक विभागले पुनः डिजाइन र अनुमान गरेर यसको रोकथामको जिम्मा सगुनलाई नै दिएको हो। घिमिरेका अनुसार हाल पहिरो रोकथामका लागि विभिन्न तहमा काम भइरहेको छ ।
पहिरोले बनाएको गल्छीहरूमा माटो र लेदो छेक्न ब्याम्बो क्रिब वाल (बाँसको पर्खाल) लगाइनेछ । हलुका र ढुवानीमा सहज हुने भएकाले बाँस प्रयोग गरिएको र पछि गएर यो आफैँ झाँगिएर दिगो हुने घिमिरेले बताए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण