बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसईईमा जेभियर इन्टरनेशनल कलेजको उत्कृष्ट नतिजा, १४ विद्यार्थीले ल्याए ४ जीपीए

सोमबार, ३० असार २०८२, १५ : ०२
सोमबार, ३० असार २०८२

सारांश

  • जेभियर इन्टरनेशनल कलेजका १४ विद्यार्थीले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन्।
  • कलेजले विद्यार्थीको सफलता शैक्षिक गुणस्तर, शिक्षकको समर्पण र विद्यार्थीको कडा परिश्रमको परिणाम रहेको जनाएको छ।
  • कलेजले गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ, जसले गर्दा विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ।

काठमाडौं । काठमाडौंको जेभियर इन्टरनेशनल कलेजले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। कलेजका १४ जना विद्यार्थीले सर्वोच्च अंक ४ जीपीए प्राप्त गरी आफ्नो शैक्षिक यात्रामा दरिलो जग बसालेका छन्। ‘अबको सपना पूरा हुनेछ’ भन्ने नारालाई आत्मसाथ गर्दै आएको कलेजले एसईईमा समेत उत्कृष्ठता नतिजा निकाल्न सफल भएको हो । 

१४ जना विद्यार्थीहरूले सबै विषयमा अब्बलता प्रदर्शन गर्दै ४ जीपीए ल्याउन सफल भएका हुन्। यो सफलताले कलेजको शैक्षिक गुणस्तर, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको कडा परिश्रमलाई एकसाथ प्रतिबिम्बित गरेको छ।

कलेजले विद्यार्थीहरूको यो सफलताप्रति खुसी र गर्व व्यक्त गरेको छ । १४ जना विद्यार्थीले ४ जीपीए ल्याउएर लगनशीलता र शिक्षकहरूको निरन्तर मार्गदर्शनको परिणामलाई यर्थातमा परिणत गरेको जनाएको छ । किताबी ज्ञानमा मात्र सीमित नभएर विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिदै नतिजा समेत उत्कृष्ट भएको कलेजको दाबी छ । 

परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरू पनि आफ्नो नतिजाबाट उत्साहित छन्। जेभियर इन्टरनेशनल कलेज स्थापनाकालदेखि नै गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्नका लागि परिचित छ। आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक(शिक्षिकाहरु र विद्यार्थीमैत्री वातावरणका कारण कलेज सधैँ विद्यार्थी र अभिभावकहरूको रोजाइमा पर्दै आएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप