शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
वर्षा

खोटाङ र उदयपुरमा मध्यम वर्षा, साना खोलामा बहाव बढ्ने सम्भावना

सोमबार, ३० असार २०८२, २३ : ३०
सोमबार, ३० असार २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागका अनुसार खोटाङ, उदयपुर र आसपासका जिल्लामा मध्यम वर्षा भएको छ।
  • वर्षाका कारण खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
  • ओखलढुङ्गाको मानेभन्ज्याङ क्षेत्रमा भारी वर्षा भएकाले बाढी र पहिरोको जोखिम रहेको छ।

काठमाडौँ । पछिल्लो ३ घण्टामा खोटाङ, उदयपुर र आसपासका जिल्लामा मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

साेमबार राति एक सूचना जारी गर्दै विभागले वर्षाका कारण ती क्षेत्रहरू भएर बहने साना खोलाहरूमा पानीको बहाव केही बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

यसअघि विभागले ओखलढुङ्गाको मानेभन्ज्याङ क्षेत्रमा भएको भारी वर्षा कारण सो क्षेत्र हुँदै बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने खतरा रहेकाे जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप