जलविद्युत उत्पादकहरूको सरकार र अदालतले घाँटी समाउनु हुँदैन: जनार्दन शर्मा
सारांश
- पूर्वऊर्जामन्त्री जनार्दन शर्माले सरकार र अदालतले जलविद्युत उत्पादकहरूको घाँटी समाएको आरोप लगाए।
- उनले लगानीको संरक्षण गर्दै सहयोग गर्नुपर्ने र नयाँ कानुन बनाएर परियोजना अघि बढाउनुपर्ने बताए।
- शर्माले जलविद्युत क्षेत्रलाई संरक्षण गर्न नसक्दा अर्बौंको लगानी जोखिममा पर्ने चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वऊर्जामन्त्री जनार्दन शर्माले सरकार र अदालतले जलविद्युत उत्पादकहरूको घाँटी समाउने काम गरेको बताएका छन् ।
मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २३ औँ वार्षिक साधारणसभामा बोल्दै उनले घाँटी समाउनुको साटो लगानीलाई संरक्षण गर्नेगरी सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘ यो देशको साधन स्रोतको प्रयोग कसरी गर्ने सरकारले गर्ने नीति बनाउने निर्णय गर्ने कुरा हो । त्यसमा अदालत प्रवेश किन गर्ने ? सरकारले स्वीकृत दिएपछि अदालत किन प्रवेश गर्ने ? यो नमिल्ने कुरा हो ।’
शर्माले जलविद्युतमा लगाएको लगानी सुरक्षित गर्नेतर्फ लाग्नुपर्ने बताए । सरकारले तत्काल नयाँ कानुन बनाएर निर्माणाधीन भएका परियोजनालाई अघि बढाउनु पर्ने उनको भनाइ थियो ।
सरकार बजेटमा ल्याएको टेक एन्ड पेसहित ऊर्जा क्षेत्रका विषयमा गम्भीर हुनुपर्ने भन्दै उनले निजी क्षेत्रले ऊर्जा उत्पादनमा क्षेत्रमा ठुलो लगानी गरेको बताए ।
उनले जलविद्युत आयोजनाहरूले वातावरणीय प्रभाव नभएर संरक्षणको लागि मद्दत गर्ने बताए । उनले त्यसको लागि जलविद्युत आयोजना कसरी निर्माण गर्ने भन्ने नीति रहेको बताए ।
शर्माले सरकारले जलविद्युत उत्पादनका लागि सहजीकरण गर्न आवश्यक रहेको बताए । सरकारले जलविद्युत क्षेत्रलाई संरक्षण गर्न नसक्दा अर्बौंँको लगानी जोखिममा पर्ने अवस्था रहेको उनको भनाइ थियो ।
सरकारले आयोजनाको लाइसेन्स लिएर ढिलो काम गर्ने कम्पनीहरूलाई पनि दण्डित गर्न आवश्यक रहेको उनले बताए । शर्माले सरकारले विद्युत् बेच्ने भन्दा पनि मुलुकभित्रै खपतको वातावरण बनाउन सक्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण