अपेक्षाभन्दा धेरैले बढ्यो चीनको अर्थतन्त्र
सारांश
- अमेरिकी ट्यारिफ र घरजग्गा संकटका कारण चीनको अर्थतन्त्र सुस्तिएको छ।
- गत वर्षको सोही अवधिको तुलनामा जुनमा सकिएको तीन महिनामा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले बढेको छ।
- खुद्रा विक्री सुस्ताएको र घरको मूल्य घटेको कारण घरजग्गा उद्योग धरमराएको छ।
बेइजिङ । चीनको अर्थतन्त्र अपेक्षाकृत धेरैले बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) र घर जग्गा बजारमा लामो समयदेखि व्याप्त संकटका बीचमा समेत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बढेको हो ।
सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा जुनमा सकिएको तीन महीनामा त्यहाँको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढेको छ । वृद्धिको यो दर अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा धेरै हो । यद्यपि, अघिल्लो त्रैमासको तुलनामा चाँहि जुन त्रैमासको यो वृद्धिदर कम हो ।
अर्थतन्त्रलाई टेवा दिन सरकारले घोषणा गरेको प्याकेज र ट्यारिफ युद्धमा अमेरिकासँगको युद्धविरामको आंशिक प्रभावका कारण अहिलेसम्म चीनले आर्थिक वृद्धिदरमा तीव्र कमी छल्न सकिरहेको छ । चुनौतीहरू हुँदाहुँदै पनि अर्थतन्त्रले दबाब थेग्न र स्थिर सुधार हासिल गर्न सकेको चीनको राष्ट्रिय तथ्यांक विभागले एक विज्ञप्तिमा भनेको छ । समीक्षा अवधिमा कारखाना क्षेत्रमा भएको तीव्र वृद्धिका कारण पनि आर्थिक वृद्धिदरले भरथेग पाएको अधिकारीहरू भन्छन् ।
जुन त्रैमासमा सेवा क्षेत्रमा पनि वृद्धि देखिएको थियो । तर जुनमा भने खुद्रा विक्री सुस्ताएको छ । मंगलबार सार्वजनिक भएको सरकारी तथ्यांकले जुनमा नयाँ घरको मूल्य आठ महिनाकै तीव्र गतिमा घटेको देखाएको छ । घरजग्गाको मूल्यलाई टेवा दिने एक पछि अर्को चरणमा कार्यक्रमहरू ल्याइएको भएपनि त्यहाँको घरजग्गा उद्योग धर्मराइरहेको यसले संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण