योग तथा प्राकृतिक चिकित्सा क्षेत्र सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनका लागि योग तथा प्राकृतिक चिकित्सा क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले प्राकृतिक चिकित्साको माध्यमबाट धेरै प्रकारका स्वास्थ्य समस्यालाई निर्मूल गर्न सकिने भन्दै यसलाई साझा प्रयत्नबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।
गत वर्षदेखि समुदायको सक्रियतामा सञ्चालनमा आएको उक्त अस्पतालबाट योग तथा प्राकृतिक उपचार सेवा प्रदान हुँदै आएको छ ।लामो समयसम्म पनि निको नभएको नसा च्यापिएको समस्या, पेट तथा टाउको दुखाइ, पिनास, ग्यास्ट्रिकजस्ता रोगहरूलाई प्राकृतिक चिकित्सा विधिबाट निको पार्ने गरिएको छ ।
हाल अस्पतालमा दैनिक २० देखि २५ जना सेवा लिन आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण