अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माणको शिलान्यास
भोजपुर । भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण गरिने भएको छ ।
मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड १ लाख ८८ हजार लागतमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुँदै छ ।
भारत सरकारको अनुदान सहयोग कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवम् छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीन तल्ले भवनको निर्माणमा उपयोग गरिनेछ ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । यो परियोजनालाई अरुण गाउँपालिका, भोजपुरमार्फत कार्यान्वयन गरिनेछ ।
अरुण गाउँपालिकाका अध्यक्ष र राजनीतिक प्रतिनिधिहरूले नेपालको उन्नति र विकासका लागि भारत सरकारले प्रदान गरिरहेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले यस क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधारको विस्तार गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाएको छ ।
यी मध्ये ९३ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ जसमध्ये ७ वटा एम्बुलेन्स र एउटा स्कुल बस भोजपुरमा उपहार स्वरूप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण