म्यानचेस्टर सिटी र पुमाबिच कीर्तिमानी प्रायोजन सम्झौता
सारांश
- म्यानचेस्टर सिटी र पुमाबीचको किट साझेदारी कम्तिमा १० वर्षका लागि विस्तार भएको छ।
- यो सम्झौता प्रिमियर लिगको इतिहासकै सबैभन्दा ठूलो हो, जसको मूल्य १ अर्ब पाउण्डभन्दा बढी छ।
- सिटीले सन् २०१९ मा पुमासँग वार्षिक ६५ मिलियन पाउण्डको सम्झौता गरेको थियो, जुन अब बढेर १०० मिलियन पाउण्ड पुगेको छ।
इतिहातद । म्यानचेस्टर सिटीले पुमासँगको आफ्नो किट साझेदारी कम्तीमा थप १० वर्षका लागि विस्तार गरेको छ। यो सम्झौताको मूल्य न्यूनतम १ अर्ब पाउण्ड रहेको बुझिएको छ, जसले यसलाई प्रिमियर लिगको इतिहासकै सबैभन्दा ठूलो सम्झौता बनाएको छ।
सिटीले सन् २०१९ मा जर्मन किट निर्माता पुमासँग वार्षिक ६५ मिलियन पाउण्डको सम्झौता गरेको थियो। अब दुई पक्षबिच सन् २०३५ सम्मका लागि सम्झौता विस्तार भएको छ, जसअनुसार क्लबले वार्षिक १०० मिलियन पाउण्ड पाउनेछ।
यो आँकडाले प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले सन् २०२३ मा एडिडाससँग गरेको ९० मिलियन पाउण्डको सम्झौतालाई पनि पछि पारेको छ। यस्तै, च्याम्पियन लिभरपुलले पनि यस सिजनदेखि एडिडाससँग नै वार्षिक ६० मिलियन पाउण्डको सम्झौता गरेको छ।
सन् २०१९ यता सिटीले अभूतपूर्व सफलता हासिल गरेको छ, जसमा चार प्रिमियर लिग उपाधि र दुई वर्षअघि ट्रेबल जित्नु समावेश छ। यद्यपि, क्लबले गत सिजन कुनै पनि प्रमुख ट्रफी जित्न सकेन।
सिटीका अनुसार, दुई पक्षले विश्वव्यापी रूपमा क्लबबाट कीर्तिमानी बिक्री हासिल गरेका छन्। सन् २०२४ जुन ३० सम्मको आफ्नो लेखा रिपोर्टमा, सिटीले प्रिमियर लिगमा रेकर्ड ७१५ मिलियन पाउण्डको राजस्व घोषणा गरेको थियो । त्यस्तै व्यावसायिक राजस्व ३४१.४ मिलियन पाउण्डबाट बढेर ३४४.७ मिलियन पाउण्ड पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण