नाकामा मलको तस्करीमा कडाइ गरेको भन्दै टायर बालेर प्रदर्शन !
बुधबार, ३२ असार २०८२, ११ : १३
सारांश
- बारामा मलखाद तस्करी नियन्त्रणमा कडाई गरेपछि स्थानीयले टायर बालेर प्रदर्शन गरे।
- मटिअर्वा नाकामा मल तस्करीमा कडाई गर्दा स्थानीयले विरोध जनाएका थिए।
- प्रहरीसँग किसानको रेकर्ड राखेर मलखाद ल्याउने सहमति भएपछि विवाद समाधान भयो।
बारा । बारामा मलखाद तस्करी बढेसँगै त्यसमा कडाइ गर्दा टायर बालेर प्रदर्शन गरिएको छ ।
बाराको मटिअर्वा नाकामा मलको तस्करीमा कडाइ गरेको भन्दै केही स्थानीयले नाकामै टायर बालेर प्रदर्शन गरेका हुन् ।
मटिअर्वा नाकामा बिहान १० बजेदेखि पैने ११ बजेसम्म उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन ।
बारा प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार किसानको नाममा भारतबाट भइरहेको तस्करी रोक्दा केही मान्छेहरूले विरोध गरेका थिए । तर अहिले भने त्यो विवाद सुल्झिएको उनको भनाइ छ ।
किसानको रेकर्ड राखेर मलखाद ल्याउने सहमति गर्दै विवाद सुल्झाइएको बारा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण