मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

छोराको हुनेवाला पत्नीलाई लिएर बुबा भागेपछि...

बुधबार, ३२ असार २०८२, १६ : ३८
बुधबार, ३२ असार २०८२

सारांश

  • भारतको उत्तर प्रदेशमा एकजना ५५ वर्षीय पुरुषले आफ्नै छोराको मंगेतरलाई लिएर भागेको घटना सार्वजनिक भयो।
  • ती पुरुषले परिवारको बचत र सुनका गहना समेत लिएर गएको आरोप लागेको छ, र उनले दिल्लीमा विवाह गरेको बताए।
  • प्रहरीमा उजुरी नपरेका कारण कारबाही हुन सकेको छैन, तर यस्तै घटना पहिले पनि सार्वजनिक भएको थियो।

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको रामपुर गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ तीन नातिनातिना भइसकेका ५५ वर्षीय हजुरबुबाले आफ्ना किशोर छोराको २२ वर्षीया मंगेतरलाई लिएर भागेको आरोप लागेको छ। उनी परिवारको बचत र सुनका गहना पनि लिएर बेपत्ता भएको बताइएको छ।

रामपुर गाउँका ६ सन्तानका पिता ५५ वर्षीय शकीलले हालै आफ्ना परिवारलाई चकित पारेका छन्। उनी छिमेकी गाउँकी २२ वर्षीया युवती आयशा (परिवर्तित नाम) सँग भागेका छन्, जसको सुरुमा उनको छोरासँग विवाह हुने कुरा थियो। 

शकीलकी पत्नी शबानाका अनुसार, आर्थिक कारण र छोराको सानो उमेरको विरोधका बाबजुद पनि शकीलले आफ्ना छोरा अमन (परिवर्तित नाम) र आयशाको विवाहको व्यवस्था गर्न जोड दिएका थिए। शबाना र अमनको विरोधका बाबजुद पनि उनी विवाहका लागि अडिग रहे । तर एक दिन उनले दिल्लीबाट फोन गरेर परिवारलाई आफूले नै आयशासँग विवाह गरेको बताए।

‘मेरो बुहारी बन्न लागेकी युवती अब मेरो पतिको पत्नी बनेकी छिन्,’ शबानाले भारतीय पत्रकारहरूसँगको एक अन्तर्वार्तामा विलाप गर्दै भनिन्।

शकीलले विवाहको तयारी गर्ने बहानामा आयशालाई प्रायः भेट्ने गरेको बताइएको छ । तर उनकी पत्नीले सुरुदेखि नै उनीहरूको अफेयरको शंका गरेको दाबी गर्छिन्। यद्यपि, जब उनले आफ्ना पतिलाई यसबारे सोधे, उनले मौखिक र शारीरिक दुर्व्यवहार समेत गरेको आरोप छ। 

तैपनि, शबानाले प्रमाणहरू जुटाउन जारी राखिन्, र जब उनले अमनलाई शकील र आयशाबिचका सन्देशहरू देखाइन्, तब अमनले आफ्ना बुबालाई विवाह रद्द गर्न भनेको बताए।

गत महिना, कामको सिलसिलामा दिल्ली गएपछि, ५५ वर्षीय शकीलले आफ्ना परिवारलाई आफूले छोराको मंगेतर आयशासँग विवाह गरेको जानकारी दिन फोन गरे। उनले परिवारलाई नबताएको कुरा के थियो भने उनले परिवारको बचत (२ लाख भारतीय रुपैयाँभन्दा बढी) र गरगहना पनि लिएर गएका थिए। 

स्थानीय प्रहरीले टाइम्स अफ इन्डिया अखबारलाई बताए अनुसार, यसबारे कुनै औपचारिक उजुरी दर्ता भएको छैन । त्यसैले उनीहरूले शकील विरुद्ध कुनै कारबाही गर्न सकेका छैनन्।

चाखलाग्दो कुरा के छ भने, केही महिना अघि मात्रै, एक भारतीय पुरुषको यस्तै कथा सार्वजनिक भएको थियो । छोरीसँग विवाह गर्न ९ दिन बाँकी रहँदा उनले आफ्नी हुन लागेकी सासूलाई लिएर भागेका थिए। भन्छन् नि, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप