चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित
बुधबार, ३२ असार २०८२, २३ : ४५
सारांश
- चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि २ अर्ब ९३ करोड ४६ लाखको बजेट पारित गरेको छ।
- बजेटमा चालु खर्च १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च १ अर्ब ७० करोड ६८ लाख रहेको छ।
- नगर प्रमुख घनश्याम गिरीले बजेट कार्यान्वयनमुखी रहेको र नगरवासीको माग सम्बोधन हुने बताए।
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको नगर सभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगर सभाको १६ औँ अधिवेशनले चालु खर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु एक अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगरप्रमुख घनश्याम गिरीले बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण