पक्राउ
झापामा एक वर्षमा ५ सय ३४ फरार प्रतिवादी पक्राउ, करोडौँ जरिवाना असुल
बिहीबार, ०१ साउन २०८२, ०३ : २६
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा झापा प्रहरीले ५३४ जना फरार प्रतिवादीलाई पक्राउ गर्यो।
- पक्राउ परेकाहरूमा पुरुष, महिला र यौनिक अल्पसंख्यक व्यक्तिहरू थिए।
- पक्राउ परेकाहरूबाट कैद र जरिवाना असुल गरी कारबाही अघि बढाइयो।
झापा । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र १ जना यौनिक अल्पसंख्यक रहेका छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार सबै प्रतिवादीलाई जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद सजाय सुनाइएका व्यक्तिहरूलाई कारागार पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेका प्रतिवादीबाट जरिवाना असुल गरेर छाडिएको हो।
डीएसपी खड्काका अनुसार पक्राउ परेकाहरूबाट जम्मा २४८ वर्ष १० महिना १४ दिन कैद र रु ७ करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण