बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कर्मचारीको महँगी भत्ता ५ हजार पुर्‍याउन अर्थ मन्त्रालयको निर्देशन

बिहीबार, ०१ साउन २०८२, १७ : २३
बिहीबार, ०१ साउन २०८२

सारांश

  • बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुगेको छ।
  • अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै भत्ता बढाउन निर्देशन दिएको हो।
  • चालु आर्थिक वर्षको बजेटमा तलब वृद्धिको सट्टा महँगी भत्ता बढाइएको थियो।

काठमाडौँ । बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुगेको छ । अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्‍याउन निर्देशन दिएको हो । 

मार्गदर्शनको बुँदा नम्बर ६८ मा भनिएको छ, ‘आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गते देखि लागू हुने गरी महँगी भत्ता बापत मासिक पाँच हजार रुपैयाँ भुक्तानी गर्ने व्यवस्था मिलाउनु हुनेछ ।’

चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको सट्टा महँगी भत्ता बढाएका थिए । यसअघि दुई हजार रुपैयाँ रहेको महँगी भत्ता तीन हजार बढाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप