शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अदालतको आदेशको उल्लंघन हुँदा सरकार टुलटुलु बसेर हेर्न मिल्दैन : प्रभु साह

बिहीबार, ०१ साउन २०८२, १७ : २९
बिहीबार, ०१ साउन २०८२

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुई तिहाईको शक्तिशाली सरकारले काठमाडौंमै व्यवसायीहरुको सुरक्षा गर्न नसकेको बताएका छन् । 

आज (बिहीबार) काठमाडौंको कोटेश्वरमा बसेको कबाड व्यवसायीको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन नसकेको बताए । 

‘काठमाडौंमा व्यवसायीहरु असुरक्षित हुदैगईरहेका छन् । यो दुई तिहाईको शक्तिशाली सरकारले सुरक्षा दिन सकेको छैन् । अदालतको आदेश विपरित काठमाडौं महानगरले कबाड व्यवसायीको कबाडमा डोजर आतंक मचाएको छ । तर सरकारले ति व्यवसायीलाई सुरक्षा दिन असफल भईसकेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकार त दुई तिहाई बहुमतको शक्तिशाली छ । तर काम बिचौलिया र दलालको मात्रै गरिरहेको छ । यहाँका व्यवसायीलाई सुरक्षा दिनुपर्ने सरकार टुलटुलु बसेर हेर्न मिल्छ ?’ 

अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा काठमाडौंमा कबाड व्यवसायीको कबाडमा डोजर आतंक चलिरहेको बताउदै उनले यो कार्य आपत्तिजनक रहेको बताए । 
भेलालाई सम्बोधन गर्दै कबाड व्यवसायीका नेता रामकेशव गुप्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी बिरुद्ध आफूहरु प्रतिकारमा उत्रिन तयार रहेको चेतावनी दिए । उनले बालेनलाई महानगरको कार्यालयमै घेराउन कबाड व्यवसायीको गरिएको क्षतिपुर्ति लिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप