बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकार दिन गनेर बस्ने होइन, एक वर्षमा के गर्ने भन्ने योजना बनाउनुपर्छ : गगन थापा

बिहीबार, ०१ साउन २०८२, १७ : ३६
बिहीबार, ०१ साउन २०८२

सारांश

  • महामन्त्री गगन थापाले सरकारलाई दिन गनेर बस्न नहुने बताए।
  • उनले सरकारले एक वर्षको योजना बनाएर काम गर्नुपर्ने कुरामा जोड दिए।
  • थापाले उत्पादन बढाउने योजना ल्याउन आवश्यक रहेको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले दिन गनेर बस्न नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले एक वर्षमा के–के गर्ने हो भन्ने योजना बनाउनुपर्ने बताए ।

‘सरकार दिन गनेर बस्ने होइन । एक वर्षपछि कांग्रेसलाई दिन्छु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने होइन,’ महामन्त्री थापाले भने, ‘एक वर्षमा म यो–यो काम गर्छु । यसबाट मुलुकलाई यो यो पाइदा हुन्छ भन्ने योजना बनाउनुपर्छ ।’  

उनले सरकारसँग उद्योग होइन उद्यमशील सोच हुनुपर्ने बताए । त्यही उद्यमशील सोचको विकास गर्न कांग्रेसले २०८४ अगाडि नै पार्टी सरकारमा गएपछि के गर्ने के नगर्ने भन्ने जानकारी दिन प्रशिक्षण चलाउने तयारी गरिरहेको बताए । 

विरोधको राजनीति गर्न ज्यादै सजिलो हुने भन्दै गरेर पुर्‍याउन गाह्रो हुने थापाले बताए ।  पछिल्लो समय क्रय शक्ति र माग बढे पनि मुलुकमा हुने उत्पादनले नभ्याएको भन्दै थापाले उत्पादन बढाउने गरी योजना ल्याउन आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप