सीआईबी १६ औँ वर्षमा प्रवेश
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आफ्नो स्थापनाको १५ वर्ष पुरा गरेको छ । बिहीबार नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरेर ब्युरोले आफ्नो स्थापना दिवस मनाएको हो ।
आईजीपी दिपक थापाले ब्युरोको स्थापना दिवसको उद्घाटन गरेका छन् । सीआईबी विशिष्टीकृत इकाई भएको हुनाले त्यहाँ काम गर्ने प्रहरी कर्मचारी उच्च व्यावसायिक, नैतिकवान् र चरित्रवान् हुनुपर्ने आईजीपी थापाले बताए । ब्युरोले प्रकाशन गरेको सीआईबी म्यागेजिन आईजीपी थापाले विमोचन गरेका छन् ।
ब्युरो २०६७ साल साउन १ मा स्थापना भएको थियो । ब्युरोका प्रथम निर्देशक पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी हुन् ।
पूर्व आईजीपी तथा ब्युरोका पूर्व प्रमुख उपेन्द्रकान्त अर्यालले ब्युरोले जेटको स्पिडमा काम सुरु गरेको बताए । उनले भने, ‘व्यावसायिक धर्म नछाड्ने अधिकृत नै अनुसन्धानमा सफल हुन्छन् ।
सीआईबी मातहतमा हाल मानव बेचबिखन ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो र साइबर ब्युरो रहेका छन् । पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले साइबर ब्युरोले विद्युतीय कारोबार ऐन–२०६३ को दफा (४७) प्रयोग गरेर पत्रकारहरूलाई पनि हैरानी दिएको बताइन् ।
उनले भनिन्, ‘दफा (४७) पत्रकारको लागी आएको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण