देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
- बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण